लापर्वाहीले धनगढिमा कोरोनाको जोखिम, नाकावाटै भागे ५ संक्रमित
कोरोना संक्रमित जथाभावी हिड्ने र सार्वजनिक सवारीको निशंकोच प्रयोग गर्नाले धनगढिमा संक्रमणको जोखिम वढेको छ । यति मात्र होईन, विहिवार भारतवाट त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएका पाँचजना कोरोना संक्रमित नाकाबाटै भागेका छन्।
आईसोलेसन पठाउने तयारी गरिएका १६ मध्ये पाँचजना संक्रमित भागेको जनाईएको छ । अन्य ११ जनालाई भने आइसोलेसनमा पठाइएको छ ।
अर्कोतर्फ अधिकांशलाई कोरोना परीक्षण नगरीकनै घर पठाउने गरिएको छ। पोजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर जानाले कोरोनाको जोखिम उच्च रहेको सहजकर्ताहरु ववाउँछन् ।
चैत ९ यता मात्रै त्रिनगर नाकाबाट चार हजार ५६९ जना भित्रिएका छन । तीमध्ये एक हजार २५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ। प्रहरीका अनुसार नाकाको हेल्थ डेस्कमा जनशक्तिको समेत अभाव छ।