पत्रकार महासंघको निर्वाचनको तयारी तिव्र,आज जिल्लाको मनोनयन

पत्रकार महासंघको निर्वाचनको तयारी तिव्र,आज जिल्लाको मनोनयन


काठमाडौ
नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ गर्न लागेको निर्वाचनको सरगर्मी बढेको छ । आज जिल्ला जिल्लामा जिल्ला समितिको लागि उम्मेदवारी दर्ताको समय दिइएको छ । केन्द्रिय समिति र प्रदेश समितिको उम्मेदवारहरु अहिले जिल्ला दौडाहामा निस्केका छन । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।
महासङ्घका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिनु भएको छ ।  यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिनुभएको छ । 
गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हाल्नुहुनेछ । कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । त्यस्तै, प्रतिष्ठान र एशोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ ।
 

काठमाडौं प्रत्यक्ष निर्वाचन प्रणाली

संम्बधित खबर

विशेष