पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको अधिकांस वडामा खानेपानी पुगे
नवलपरासी
पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको अधिकांस गाउमा पानीको धारा पुगेपछि स्थानिय खुसी भएका छन । १० हजार भन्दा बढि घर धुरी रहेको नगरपालिकका सबै जसो घरमा खानेपानीको धारा पुगेको छ । विहानै चार बजेर उठेर डोकोमा गाग्री बोकेर पधेरो ,कुवा मुहान धाउनुपर्ने वाध्यताको अन्त्य भएपछि स्थानिय खुसी भएका छन ।
स्थानिय सर्मिला बरालका अनुसार कुवा नालाबाट पानी ल्याउने समस्या रहेको थियो तर त्यो वाध्यता र समस्या अहिले हटेको छ ।
देवचुली नगरपालिकाको प्रगति नगर,रजहर,दलदले जस्ता मुख्य बजारमा मात्रै नभएर कृर्तिपुर मुलण्डे,बन्दीपुर जस्ता ठाउमा पनि खानेपानी पुगेको छ । अहिले खानेपानीको धारा घर घरमा पुगेपनि यी आयोजना भने नयां होइनन । विगत २० र २५ देखि संचालना रहेका खानेपानी आयोजना अहिले पुरा भएका हुन । देवचुली नगरपालिकाका उपमेयर पर्वता तिवारीले २० वर्ष पहिलाको आयोजना रहेको ती आयोजनालाई आफुहरु जनप्रतिनिधि भएर आएपछि पुर्णता दिएको बताए । उनले प्रदेश सरकार संघीय सरकारसंग सहकार्य गरेर कुनै योजनाहरु संचालन गरिएका छन भने कुनै योजनाहरुको डिपिआर गरिएको बताए । दुई वर्ष भित्र सबै योजनाहरु सम्पन्न हुने अवस्थामा रहेका छन । लामो समय देखिको योजनाहरु सम्पन्न हुने अवस्थामा पुगेपछि उपभोक्ता समितिका पदाधिकारीहरु समेत खुसी भएका छन । खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमान्न भुसालले आठ वटा वडामा खानेपानी आयोजना पुयाइएको बताउदै यसको करिब १४ सय घरधुली लाभाविन्त भएको बताए । उनले आफुहरुको सेवा क्षेत्रमा खानेपानी धारा जडान भएको कुनै क्षेत्र खासमा नरहेको बताए । नगरपालिकाका अधिकांस घरमा खानेपानीको धारा जडान गरेर खोपानी वितरण गरिरहेको भएपनि अहिले केही स्थानमा सामुहिक धारा मार्फत पानी वितरण गरिदै आएको छ ।