News राशिफल

२०७७ चैत्र २२ गते आईतवारको राशिफल

२०७७ चैत्र २२ गते आईतवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सफलता हात पर्ने समय छ। पाठशाला सम्वन्धि कामले मनमा शान्ति प्राप्त हुने छ। शिक्षा क्षेत्र उज्ज्वल छ। स्वास्थ्य सामान्य रहने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मान सम्मान प्राप्त हुने छ। शारीरिक रोग निवारण हुनेछ। सवारी साधनको ब्यापारमा लाभ हुने छ। राजनीतिक क्षेत्र सामान्य छ। शिक्षा क्षेत्रमा खासै उतार चढाव  देखिएको छैन।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्राकृतिक समस्यासँग जुध्नुपर्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्ला। पढाई लेखाईमा रुची वढ्ने छ। स्वास्थ्य सामान्य रहला।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अज्ञातसत्रुले सताउने छन। राजनीतिक सफलता हात पर्ने छ। शिक्षामा उन्नती हुनेछ। स्वास्थ्य क्षेत्र सामान्य रहला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
चिठ्ठामा धन प्राप्त हुने सम्भावना छ। विद्या र विवेकको सफल प्रयोग हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीले प्रशंसा पाईएला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
भुमीगत काम आजको प्रमुख रोजाई हुनेछ। अन्नको ब्यापारमा फाईदा हुनेछ। शिक्षामा निराशा जाग्ने छ। स्वास्थ्य सामान्य रहला।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
दाजु भाईसँगको सामिप्यता वढ्ने छ। परिवारमा खुसीयाली आउने समय छ। खानपानमा ख्याल गर्नु पर्ला । शिक्षा क्षेत्र सामान्य छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिवार र कुटुम्वसँगको भेटघाट फलदायी हुनेछ। कठिन प्रकारका समस्या पनि निवारण हुनेछन्। स्वास्थ्यमा सुधार हुने छ। शिक्षा क्षेत्रमा पदोन्नती हुन दिन छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
जथाभावी खानपिनले समस्या निम्त्याउन सक्छ। प्राकृतिक विपत्तिको सामना गर्नु पर्ला । शिक्षाको लगानीमा सफलता पाईने छ। सामाजिक काममा सफल भईने छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आर्थिक संकट वढ्ने छ। ब्यापार ब्यवसायमा घाटा हुने सम्भावना छ। लेनदेन गर्दा सतर्क रहनु होला। शिक्षामा निराशा जाग्ने छ। स्वास्थ्यले साथ नदिने समय छ। राजनीतिमा पनि निराशा हात लाग्ने छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सत्रु संकट टर्ने छ। आम्दानी वढ्ने छ। कला र गलाको मुल्यांकन हुनेछ। शिक्षामा सफलता मिल्ने छ। स्वास्थ्य सामान्य रहला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कुनै पनि कामा सफलता मिल्ने छ। राजकिय कामको सहि मुल्यांकन हुने छ। राजनीतिक सफलता मिल्ने छ। स्वास्थ्य सामान्य रहला।

 – शेषराज पराजुली
 

राशिफल

विशेष