२४ घण्टाभित्र सरकार छोड्न मन्त्रीलाई एमालेको निर्देशन

कर्णाली प्रदेशको नेकपा (एमाले) संसदीय दलको बैठकले सरकारवाट आफना मन्त्रीहरुलाई फिर्ता वोलाउने निर्णय गरेको छ। दलको वैठकले सरकारमा रहेका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गर्न भनेको छ ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले ४ चैतमा सरकारलाई दिएको समर्थन फिर्ताको प्रस्तावलाई सदर गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । यो बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरू पनि सहभागी थिए ।
कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह वुढा मन्त्री छन् । तीनै जना मन्त्रीले सोमबारसम्म राजीनामा दिने जनाईएको छ ।
बैठकले संसदीय दलको विधान संसोधन गर्ने समेत निर्णय गरेको छ। विधान संशोधनका लागि प्रमुख सचेतक शाहको संयोजकत्वमा करवीर शाही र मीना रखाल सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ ।
वैठकले मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।
कर्णाली प्रदेश एमाले फिर्ता मन्त्री