विदेश

कोरोना संक्रमण बढन थालेपछि बंगलादेशमा पुनः लक डाउन

कोरोना संक्रमण बढन थालेपछि बंगलादेशमा पुनः लक डाउन


एजेन्सी
ढाका
केही समय यता बंगलादेशमा कोरोना संक्रमणको बिरामी फेला पर्न थालेपछि त्यहा पुनः लक डाउन गरिएको छ ।सरकारले महामारी नियन्त्रण गर्न भन्दै एक साताको लागि लक डाउन गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागु हुने गरी सरकारले लकडाउनको घोषणा गरेका हुन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए । अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने बताइएको छ । बङ्लादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 
पछिल्लो २४ घण्टामा पाँच हजार ६८३ जना संक्रमित थपिएका छन् ५८ जनाको मृत्यु भएको छ।  
 

ढाका बंगलादेश

विशेष