माओवादी केन्द्र सरकारसंग समर्थन फिर्ता लिने

माओवादी केन्द्र सरकारसंग समर्थन फिर्ता लिने


काठमाडौ
माओवादी केन्द्रले सरकारसंग फिर्ता लिने निर्णय आज गर्न सक्ने छ । सर्वोच्च अदालतले नेकपा एमाले र मओवादी बिचमा भएको एकिकरणलाई पुर्वत अवस्थामा फर्काएपछि ओली सरकारलाई समर्थन फिर्ता लिन सक्ने छन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने  बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था तथा सत्ता सहकार्यका विषयमा छलफल हुने बताइएको छ । नेपाली काग्रेससंग सत्ता सहकार्यको प्रयास सफल भएपछि माओवादीले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । 
बैठक विशेषगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तामा जाने निर्णय गरेपछिको राजनीतिक अवस्थाबारे छलफलमा केन्द्रित हुने बताइएको छ । नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णयको थियो ।
आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय गर्न सक्ने एक नेताले बताए ।  गतबिहीबार सम्पन्न माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले केही दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप बैठक बोलाइएको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेन्डासमेत तय गर्ने बताइएको छ ।

काठमाडौं सर्वोच्च अदालत

संम्बधित खबर

विशेष