News

रुपन्देहीका कर्मचारी र जनप्रतिनिधि बिचमा विवाद

रुपन्देहीका कर्मचारी र जनप्रतिनिधि बिचमा विवाद


रुपन्देही
रुपन्देहीको मर्चवारी गाउपालिका कर्मचारी र जनप्रतिनिधि बिच विवाद उत्कर्षमा छ । दुवै पक्षले आ आफनो तरिकाले गाउपालिका चलाउन खोज्दा विवाद निस्कीएको हो । यस अछि पनि गाउवपालिकाका प्रमुख प्रसासकिय अधिकृत फेरिदै आएका छन ।

जनप्रतिनिधिले दवावमा राखेर काम गराउन खोजेको कर्मचारीको आरोप छ भने कर्मचारीले आ सुखि काम गरेर सेवाग्राहीलाई दुख दिने गरेको जनप्रतिनिधिहरु गुनासो गर्छन । मर्चवारी गाउपालिकाका अध्यक्ष नारायण प्रसाद यादवले  कर्मचारीहरु आफु सुखि हिडने गरेको र काम गर्न भन्दा अटेर गर्ने जस्ता समस्याहरु देखाउने गरेको बताए । 
अहिलेको विवादको मुख्य विषय कार्य सम्पादन मुल्याकन हो । विकासको काम गरेको गाउपालिकाको  मुल्याकंन नगरेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । कार्य सम्पादन मुल्याकंन गर्दा योजना अनुसारको प्रतिनिधिमा कर्मचारीले घुस मागेको जनप्रनिधिहरुको आरोप छ ।उता कर्मचारीलेपनि हुदै नभएको कामको पनि मुल्याकंन गर्न दवाव लगाउने गरेको बताएका छन । विवाद बढेपछि कर्मचारीहरु कहिले गाउपालिका छाडने त कहिले आन्दोलन गर्दै आएका छन । 
 

रुपन्देही मर्चवारी गाउपालिका

विशेष