News राशिफल

२०७७ चैत्र २३ गते सोमवारको राशिफल

२०७७ चैत्र २३ गते सोमवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक काममा सफलता मिल्ने छ। शिक्षामा उत्सुक्ता वढ्ने छ। स्वास्थ्य राम्रो रहने छ। समग्रमा आजको दिन शुभ रहने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मध्यान्हपछिको समयमा सावधान रहनु होला, चोरीको अभियोग लाग्न सक्छ। खानपिनमा ध्यान दिनु होला। शिक्षा सामान्य रहने छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आजको दिन खुसीयाली छाउने छ। प्रेममा सफलता मिल्ने छ। आयश्रोतका  वाटा वढ्ने छन् । शिक्षामा सुधार आउने छ। स्वास्थ्य सामान्य रहला।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
न्यायिक काममा सफलता पाईने छ। सत्रु समस्या टर्ने छन् । शिक्षामा पदोन्नती हुने छ। खानपिनका कारण समस्या आउन सक्छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
खोजमुलक काममा सफलता मिल्ने छ। खोजमुलकमा पनि केमीकल सम्वन्धि खोज प्रमुख वन्ने छ। शिक्षामा प्रगति हुने छ। स्वास्थ्य सामान्य रहला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विहानी पखको समय उत्तम छ। तर, मध्यान्हपछि कृषि वाहन सम्वन्धि समस्याले सताउने छ। शिक्षामा जोस जाँगर वढ्ने छ। स्वास्थ्य सामान्य रहने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
समयको सहि सदुपयोग गर्न सके सफलता पाईने छ। शिक्षामा उन्नती हुनेछ। कामको प्रशंसा हुने छ। आँखाको समस्याले सताउन सक्नेछ ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
दिन सामान्य छ। परिवार÷कुटुम्वमा वोलिको नकारात्मक असर देखिने छ। सञ्चित धनमा हानी हुन सक्छ। शिक्षा सामान्य रहने छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
स्वभावमा परिवर्तन आउने छ। अरुलाई प्रभावमा पार्न सक्ने योग छ। राजनीतिक काममा सफलता मिल्ने छ। स्वास्थ्य सामान्य रहला।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सर्तक रहनु मै भलाई होला। तिर्थ यात्रामा सत्रु लाग्न सक्ने छन् । आर्थिक समस्याले सताउने छ। शिक्षामा निराशा वढ्ने छ। स्वास्थ्यले साथ नदिन सक्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आर्थिक संकट टर्ने छ। सत्रु पराजय हुनेछन् । राजनीतिमा सफलता मिल्ने छ। सामाजिक काममा प्रशंसा पाईने छ। आम्दानीका श्रोत वढ्ने छन् । स्वास्थ्यले साथ दिने छ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
राजनीतिमा असफलता हात लाग्ला। अपजस आई लाग्ने समय छ। अग्लो ठाउँमा रहँदा सतर्क रहनु होला। शिक्षामा क्रमिक सुधार हुनेछ। नेतृत्व गुम्ने खतरा छ।


 – शेषराज पराजुली

राशिफल

विशेष