मेशिन चोरीको आरोपमा कुटपिटबाट एकको मृत्यु

भक्तपुर,
पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् ।
भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ । प्रहरीले स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा लाखासमेतका व्यक्तिले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो । हत्या अभियोगमा पक्राउ पर्नेमा चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन् ।
कुटपिट भक्तपुर,