News राजनीति

मुख्यमन्त्री शेरधनविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

मुख्यमन्त्री शेरधनविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता रहेको अविश्वास प्रस्ताव सोमवार फिर्ता भएको छ । अविश्वास प्रस्तावका प्रस्तावक तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा पुस १२ गते अविश्यासको प्रस्ताव दर्ता गराएका थिए। प्रदेशसभामा पेस भएको अविश्वस प्रस्ताव सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेका २२ र माओवादीको १ गरी २३ जनाले हस्ताक्षर फिर्ता लिएका थिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्यले सोमबार प्रदेशसभा सचिवालयमा लिखित रुपमा हस्ताक्षर फिर्ता लिए। हस्ताक्षर फिर्ता लिएपछि आङ्बोले सदनमा अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

अविश्वास प्रस्तावका समर्थकहरुको तर्फबाट एमालेका माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमा गरेको समर्थन फिर्ता लिएका हुन् । सदनमा अविश्वासको प्रस्ताव रहेको बेलामा मुख्यमन्त्री राईले मन्त्रिमण्डल विस्तार गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरितको कार्य भएको उनले टिप्पणी गरे ।

मुख्यमन्त्री अविश्वास प्रस्ताव फिर्ता शेरधन

विशेष