News स्वास्थ्य

जेठ/असारमा कोरोना फेरि उच्च बिन्दुमा पुग्नसक्छः सरकार

जेठ/असारमा कोरोना फेरि उच्च बिन्दुमा पुग्नसक्छः सरकार

सरकारले आगामी जेठ/असारसम्ममा कोरोना संक्रमण फेरि उच्च बिन्दुमा पुग्नसक्ने जनाएको छ ।

संसदमा वोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नसक्दा जेठ असारमा फेरी कोरोना उच्च विन्दुमा पुग्न सक्ने वताए ।
‘कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण भूमिका खेलेको छ’ उनले भने– ‘कोरोनाको खोप आइसकेपछि सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ।’

जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसकिए जेठ असारसम्म फेरि उच्च बिन्दुमा पुग्नसक्ने उनले वताए ।

‘यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो। भारतमा कोरोनाको जोखिम बढिरहेको छ’ उनले भने–‘हामीले बेलैमा सचेतना अपनाउन सकेनौँ भने फेरि कोरोनाको जोखिम अझै बढ्नसक्छ।
 

कोरोना सरकार

विशेष