News राजनीति

नेपालको राजनीति ७० वर्ष देखि नै धरमराईरहेको छः रविन्द्र मिश्र

नेपालको राजनीति ७० वर्ष देखि नै धरमराईरहेको छः रविन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्था आएको वताएका छन् ।

पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले अहिलेको राजनीति जुन किसिमबाट अगाडी बढिराखेको छ त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरे ।

‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ, त्यो अत्यन्त निन्दनीय छ । लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरीत छ । यो राष्ट्रहित विपरीत छ’– उनले भने।

नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराईरहेको उनको भनाई थियो । ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दूरदर्शिताको अभाव हो । यी सबै अभावहरु र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतहरुले जस्ता किसिमका अधिकारहरुको उपभोग गर्न पाउनुपर्थ्यो तीनको अभावहरु फेरि आफ्नो ठाउँमा छ’ उनले भने।
 

राजनीति रविन्द्र मिश्र

विशेष