News

म्यान्मार घट्नाप्रति वोल्यो सरकार, ज्ञवाली भन्छन्– घटनाप्रति गहिरो चासो

म्यान्मार घट्नाप्रति वोल्यो सरकार, ज्ञवाली भन्छन्– घटनाप्रति गहिरो चासो

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले म्यान्मार घट्नाप्रति सरकारको गहिरो चासो भएको वताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ उनले म्यान्मारको घटनाप्रति सरकार चिन्तित रहेको बताए।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले म्यान्मारको घटनामा सरकार किन नबोलेको भनी सोधेको प्रश्नको जवाफ दिदैँ मन्त्री ज्ञवालीले म्यान्मारको पछिल्लो विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको स्पष्ट पारे।

म्यान्मारको पछिल्लो घटनाक्रमबारे नेपालले पटक–पटक विज्ञप्ति निकालेर चासो जनाएको पनि उनले बताए। म्यान्मारका राष्ट्रपति, प्रजातन्त्रवादी नेतृलगायत राजनीतिक नेतृत्वमाथी गरिएको नजरबन्दलगायतका घटनामा सरकारले विज्ञप्त्ति निकालेर चासो जनाएको छ । त्यहाँ भएको घटनाको दिननै नेपाल सरकारले विज्ञप्ति निकालेको मन्त्री ज्ञवालीको भनाई थियो ।  उनले भने–‘म्यानमारमा शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर धेरै नागरिकको ज्यान गएको घटना हामीले देखिरहेका छौँ । राजबन्दीको रिहाइ गर्ने, निर्वाचित सरकार बर्खास्तीको आलोचना, अत्याधिक बल प्रयोग नियन्त्रण गर्न आग्रह गरिएको थियो ।’

प्रतिप्रश्न गर्दै काँग्रेसका सांसदहरु पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला, भरतकुमार साह, देवेन्द्रराज कँडेललगायतले म्यान्मार घटनामा सरकारको ध्यानाकर्षण गराउदै बालबालिकामाथी भइरहेको हत्याका घटनामा सरकारले खण्डन गर्नुपर्ने माग गरे। 
(रासस)

म्यान्मार सरकार

विशेष