संकटमा शंकर : लुम्विनी प्रदेश सरकार ढाल्न तीन पार्टीको हस्ताक्षर अभियान

नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि हस्ताक्षर अभियान सुरु भएको छ। एमालले बाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन सुरु गरेका हुन् । जसमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेको जनाईउको छ ।
जसपाका ६ मध्ये पनि तीन जनाको हस्ताक्षर भइसको श्रोतको दावी छ । बाँकी तीन जनाको पनि हस्ताक्षर गराउने प्रयास भइरहेको जसपाकै एक प्रदेशसभा सदस्यले बताए । जसपाको केन्द्रमा देखिएको विवादले प्रदेशमा पनि असर गरेको छ ।
लुम्विनी प्रदेश सभामा ८७ सांसद छन् । प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् ।
मुख्यमन्त्री पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । जसमा एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका छन् भने माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी त्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् ।
दल त्यागेर एमाले प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गरी प्रदेशसभामा जानकारी दर्ता गराएको छ ।
शंकर पोखरेल सरकार हस्ताक्षर संकट