News राजनीति

समानान्तर कमिटीमा वस्ने सवैलाई कारवाही हुन्छः विशाल भट्टराई

समानान्तर कमिटीमा वस्ने सवैलाई कारवाही हुन्छः विशाल भट्टराई

नेकमा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले समानान्तर कमिटी गठन गर्ने र कमिटीमा वस्ने सवैलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।


सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गर्ने कमिटीमा वस्ने सवैलाई कारवाही गरिने वताए ।

उनले भने–‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ। अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’

उनले यदि कोहि गैरकानुनी हिसावले चल्छ भने त्यो कारवाहीको भागिदार उनले वताए । सवैले लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने वताए । ‘लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टी यदी गैरकानूनी तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ’– भट्टराईले भने।

समानान्तर कमिटी कारवाही विशाल भट्टराई

विशेष