News फोटो

देशको दृष्य

देशको दृष्य

७ फोटोमा देशको दृष्य। फोटोः रासस
 

घाइतेको अवस्था बुझ्दै मन्त्री आले –  वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले गैँडा गणनाका क्रममा शुक्रबार ध्रुवे हात्तीले लखेटेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको अवस्थाबारे अस्पतालमा गएर बुझ्नु हुँदै । उहाँको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

 

बहुउद्देश्यीय भवन बन्दै– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन बन्दै । उक्त विद्यालय तनहुँको नमूना विद्यालय हो ।

 

लोपन्मुख घुमाउने घर– बागलुङ नगरपालिका–६ लङ्गाउँस्थित करिब १०० वर्ष पुरानो खरले छाएको लोपन्मुख घुमाउने घर ।

 

पुल शिलान्यास– तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने सेती नदी सडक पुलको सोमबार शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । पुल रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा निर्माण हुन लागेको हो ।

 

रसुवामा पर्यटक– हिमाली पदयात्राका लागि रसुवामा पर्यटक । छ जना विदेशी पर्यटक गोसाइँकुण्डतर्फ प्रस्थान गरेका छन् ।

 

योगमाया’ नाटक अवलोकनपछि प्रदेश प्रमुखलगायत– प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटक घरमा सोमबार ‘योगमाया’ नाटक अवलोकनपछि ।

 

मतपत्र हस्तान्तरण– नेपाल पत्रकार महासङ्घको यही चैत २५ गते हुने निर्वाचनको लागि महासङ्घको बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टद्धारा प्रदेश निर्वाचनको लागि तयार भएको मतपत्र जिल्ला निर्वाचन समिति काभ्रेपलाञ्चोकका संयोजक भोला थापालाई सोमबार हस्तान्तरण गर्दै ।

देशको दृष्य

विशेष