News

वायु प्रदुषणका कारण काठमाडौं संसारकै प्रदुषित सहरको पहिलो नम्वरमा, के गर्दैछ सरकार ?

वायु प्रदुषणका कारण काठमाडौं संसारकै प्रदुषित सहरको पहिलो नम्वरमा, के गर्दैछ सरकार ?

वायु प्रदुषणका कारण काठमाडौं संसारकै प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमा पुगेको छ। स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ पुगेको छ।

बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदुषण सामान्य कम भएपनि आइतबारदेखि फेरि बढेको जनाईएको छ। देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको पाईएको छ।

वातावरण विभागका अनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। दोस्रो नम्वरमा चितवनको भरतपुर र तेश्रो नम्वरमा ललितपुरको भैसेपाटी छ । धनगढीको एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९, चितवनको एक्युआई ३९८ र ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ रहेको तथ्यांकमा उल्लेख ।

विज्ञहरूका अनुसार एक्वुआई ५० सम्म हुनु राम्रो हो। ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ र एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो। 

सुख्खा समय,  अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा–धुलोका कारण प्रदुषण बढेको विज्ञहरुको भनाई छ । 

विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्।
 

विशेष