News

एमाले प्रवेश गरेर मन्त्री वनेका आङ्बुहाङलाई माओवादीले सांसदवाट हटायो

एमाले प्रवेश गरेर मन्त्री वनेका आङ्बुहाङलाई माओवादीले सांसदवाट हटायो

नेकपा विभाजनपछि एमाले प्रवेश गर्दै मन्त्री बनेका प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ ।

आङ्वुहाङ संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गरेका थिए । आङ्बुहाङलाई सांसदबाट हटाइएको र त्यसको जानकारी आजै (सोमवार) प्रदेशसभालाई दिने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले आङ्वुहाङलाई पदमुक्त गरेको पत्र तयारी अवस्थामा रहेको र आजै बस्ने प्रदेशसभामा जानकारी गराउने तयारी भएको वताए ।

आङ्बुहाङलाई माओवादी केन्द्रले चैत १७ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।
गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित भएका थिए । 
 

विशेष