पेट्रेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ
माधव नेपाल समुहको अनेरास्ववियुले सोमवार पेट्रेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गरेको छ ।
अनेरास्वियूको केन्द्रीय कमिटीद्वारा आयोजना गरिएको तथा प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले ७२ घण्टाभित्रमा मूल्य बृद्धि फिर्ता नगरे नेपाल आयल निगमका सवारीसाधन तोडफोड गर्ने चेतावनी दिए।
त्यति मात्र होईन, माग सम्वोधन नगरे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पनि कालोमोसो दल्ने उनले चतावनी दिए। उनले सबै विद्यार्थी संगठनको सयुक्त रुपमा क्याम्पस अगाडि मंगलबार बिहान एक घण्टा चक्काजाम गर्ने बताए।
नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ । निगमले लगातार पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिका कारण कारण सर्वसाधारण मारमा परेका छन्।
मूल्यवृद्धि विरोध आयल निगम पेट्रेलियम पदार्थ घेराउ