News राजनीति

केपी ओली यसरी वने राजनीतिका अब्बल खेलाडि !

केपी ओली यसरी वने राजनीतिका अब्बल खेलाडि !

खेलमा झैँ राजनीतिलाई समेत जताबाट पनि आफ्नो पकडमा राख्नसक्ने खुबी भएकालाई राजनीतिक खेलाडी भनिन्छ । चाहे राम्रोसँग खेलेर होओस् वा झेल गरेरै भएपनि खेलाडीले आफूलाई अब्बल देखाउने प्रयास गरेकै हुन्छ ।

अहिले मुलुकको राजनीतिमा सत्ताको परफेक्ट खेलाडी न माधवकुमार नेपाल न पुष्पकमल दाहाल प्रचण्ड नै देखिएका छन्। सबैभन्दा पक्का प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै देखिएको विश्लेषकहरूले बताएका छन् ।

वामपन्थी प्रधानमन्त्रीहरूमध्ये पनि लामो समयसम्म सत्तामा बस्नेमा प्रधानमन्त्री ओली नै छन्। झन् अहिले उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै शक्तिशाली पदमा छन्। सरकार र पार्टीबाट दिनसक्ने ठाउँमा उनी नै रहेकाले मधेशवादी दलका नेताहरू उहाँबाट निकै आशावादी देखिएका छन् ।

नयाँ सत्ता समीकरणको चर्चा भइरहँदा जसपालाई उपेन्द्र यादव र बाबुराम भट्टराईले विभाजन गरे पनि विपक्षी गठबन्धनको निम्ति आवश्यक संख्या नपुग्ने निश्चित छ । तर,अर्कोतर्फ महन्थ ठाकुर र राजेन्द्र महतोहरूले फुटाएको अवस्थामा भने एमालेभित्रैबाट फ्लोर क्रस हुँदाबाहेक प्रधानमन्त्री ओलीलाई समर्थन गर्न पर्याप्त हुने अवस्था छ ।

संविधान संशोधन मुख्य माग राख्दै आएका उनीहरूलाई भोलिको दिनमा संविधान संशोधन गर्न प्रधानमन्त्री ओली पक्षको समर्थन विना सम्भव नै छैन । त्यो बेला ओलीकै साथ चाहिने भएकाले उनीहरूले प्रधानमन्त्रीलाई बिच्काउन नचाहेको बताएका छन् । किनभने संसदमा एमालेको झण्डै ४४ प्रतिशत हाराहारीमा पकड छ ।

भित्र जे जस्तो खिचडी पाकेपनि बाहिर भन्ने गरिएको आधार त्यहि हो । संविधान संशोधन हुने भएछ भने नेपाली काँग्रेस र माओवादी केन्द्र स्वतः तानिने उनीहरूको विश्वास छ । विगतमा पनि प्रधानमन्त्री ओलीको कारण संविधान संशोधन हुन नसकेको तीतो यथार्थ बुझेका मधेशी नेताहरूले अहिले काँग्रेसको हातमा केही पनि नभएको बताइरहेका छन् ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

केपी ओली राजनीति खेलाडि अब्बल

विशेष