News राजनीति

चार जना माओवादी मन्त्री कारवाहीमा पर्दा कसरी जोगिए वादल ?

चार जना माओवादी मन्त्री कारवाहीमा पर्दा कसरी जोगिए वादल ?

नेकपा एमाले प्रवेश गरेर मन्त्री वनेका चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

माओवादीले कैलालीबाट निर्वाचित सांसद लेखराज भट्ट र गौरीशकर चौधरी, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र रौतहटबाट निर्वाचित प्रभु साहलाई पार्टी सदस्यबाटै निष्काशन गरेको हो ।

माओवादीले चारै जनाले दल त्याग गरेको भन्दै पद खारेजका लागि संसद सचिवलायलाई पत्राचार पनि गरेको जनाईएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसदले दल त्याग गरेमा पद रिक्त हुने संवैधानिक व्यवस्था छ ।

चारैजना सांसदहरु अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् । भट्ट उद्योग वाणिज्यमन्त्री, रायमाझी ऊर्जामन्त्री, चौधरी श्रम तथा सामाजिक सुरक्षामन्त्री र साह शहरी विकासमन्त्री छन्।

गृहमन्त्री रामबहादुर थापालाई भने माओवादी केन्द्रले कारवाही गरेको छैन । एमालेले उनलाई बागमती प्रदेश इन्चार्ज बनाएको छ ।

माओवादी मन्त्री कारवाही वादल

विशेष