पत्रकारहरुको निर्वाचनको चहलपल तिव्र

पत्रकारहरुको निर्वाचनको चहलपल तिव्र


जनकपुरधाम
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको यहि २५ गते हुने निर्वाचन अन्र्तगत धनुषा शाखामा अध्यक्ष पदमा ६ जना उम्मेदवार मैदानमा रहेका छन । अध्यक्ष पदमा अर्जुन बहादुर क्षेत्री,धर्वेन्द्रकुमार झा,नित्यानन्द मण्डल,मनिका झा,राजनकुमार सिंह मैदानमा रहेका छन । उपाध्यक्षमा अवधेस कामत,बब्लु चौधरी,संजिवकुमार झा उम्मेदवार रहेका छन । त्यसैगरि महिला उपाध्यक्षमा नेहा झा,प्रितीकुमारी झा, सचिवमा अकुल प्रसाद साह,बटुकनाथ झा,सुभाष कर्ण उम्मेदवार रहेका छन । त्यसैगरि सहसचिवमा जयन्त ठाकुर,निरंजनकुमार साह,प्रमोदकुमार साह उम्मेदवार रहेका छन । सहसचिव समावेसी तर्फ गोविन्द महतो,दिपेश मल्लिक,राम हृदय यादव, रहेका छन । कोषाध्यक्षमा दिपककुमार मिश्र,राम कमल महतो,विकासकुमार साह रहेका छन । खुल्ला सदस्यमा ११,प्रदेश परिषद सदस्यमा १७ जना , केन्द्रिय परिषद सदस्यमा ५ जना उम्मेदवार रहेका छन । 
धनुषा शाखाको विभिन्न पदमा निर्विरोध
नेपाल पत्रकार महासंघको धनुषा शाखाको निर्वाचनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन । २५ गते हुने निर्वाचनको लागि आइतवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गरिएको छ । जसमा विभिन्न पदमा निर्विरोध भएका छन  । निर्विरोध निर्वाचित हुनेमा महिला सदस्यमा स्मिता झा,दलित सदस्यमा दिलिप दास,आदिवासी जनजातिमा रिता लामा,मधेसीमा संजय साह निर्विरोध निर्वाचित भएका छन । 
केन्द्रिय परिषद सदस्यमा महिलामा रेणु झा,समावेसीमा वीरेन्द्रकुमार रमण निर्वाचित भएका छन । त्यसैगरि प्रदेश सदस्यमा महिलामा रोमा कर्ण,समावेसी तर्फ रोहित श्रेष्ठ,कमल साह निर्वाचित भएका छन । 
 

जनकपुरधाम निर्विरोध धनुषा शाखा

संम्बधित खबर

विशेष