News राजनीति

नेता नेपाल भन्छन्– केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेका छन्

नेता नेपाल भन्छन्– केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेका छन्

नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपालले आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको वताएका छन् ।

मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले यस्तो वताएका हुन।
प्रचण्डसँग मिल्न गएको तथा कार्यकर्ता बन्न गएको भन्दै ब्ल्याकमेल गरिरहेको उनले वताए । ‘
तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति मै हुँ’– उनले भने।

अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरेका नेपालले वताए । 

नेता नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरे। आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता उनले वताए ।

विशेष