News राशिफल

२०७७ चैत्र २४ गते मंगलवारको राशिफल 

२०७७ चैत्र २४ गते मंगलवारको राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य खालको दिन छ। अदालती कामवाट शान्ति मिल्ने छ। नोकरीमा सन्तुष्टि पाईएला। शिक्षामा सुधार हुनेछ। स्वास्थ्य सामान्य रहन्छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काममा निराशा वढ्ने छ। राजनीतिक क्षेत्रमा असफलता पाईने छ। पेट सम्वन्धि समस्याले सताउला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मान सम्मान मिल्ने छ। आर्थिक संकट टर्ने छ। राजनीतिमा सफलता मिल्ने छ। शिक्षा सामान्य रहला।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
प्रेममा धोका पाउने समय छ। दुःख÷कष्ट आईपर्ने छन् । मुद्दा मामिलाको भय छ। राजनीतिमा असफलता पाईने छ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सत्रु संकट टर्ने छ। शिक्षामा उन्नती हुने छ। मान सम्मान पाईने छ। स्वास्थ्यमा क्रमिक सुधार हुनेछ। ब्यापार÷ब्यवसायमा लाभ हुने छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मेसिनरी सामानवाट टाढा रहनु होला। सन्तानको आचरण विग्रन सक्छ। खानपिनमा ध्यान दिनु राम्रो हुनेछ। शिक्षामा मन लाग्ने छैन।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
समयले साथ दिने छ। भुमी÷घर किन्ने या वनाउने योग छ। शिक्षामा उत्साह थपिने छ। राजनीतिमा सफलता मिल्ने छ। 

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
जोस जाँगरमा कमी आउने छ। परिवारको साथ नपाईन सक्छ। सेवकदेखी सावधान रहनु पर्ने समय छ। स्वास्थ्य अनुकुल नै रहने छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सामान्य खालको समय छ। वाणीको प्रभावले अरुलाई प्रभावमा पार्न सकिएला। आर्थिक संकटमा सुधार आउने छ। शिक्षामा निराशा जाग्ने समय छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक तथा राजनीतिक असफलताले मानसिक समस्या उत्पन्न हुन सक्छ। स्वास्थ्यमा उतार चढाव देखिएको छ। शिक्षामा सुधार आउने छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आजको समय आफु अनुकुल नरहन सक्छ। आर्थिक संकट ब्यहोर्नु पर्ने छ। ब्यापारमा घाटा हुन सक्छ। सत्रुले दुःख दिन सक्छन। शिक्षामा निराशा जाग्ने छ। मानसम्मानमा आँच आउने खतरा छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
समस्याहरु समाधान हुने छन् । सत्रुहरु पराजय हुनेछन् । आयश्रोतको वाटो खुल्ने छ। आकस्मिक धन प्राप्त हुन सक्छ। शिक्षामा पदोन्नतीको सम्भावना छ।

 – शेषराज पराजुली

राशिफल

विशेष