जनकपुरमा योग गर्नेहरुको संख्यामा वृद्धि

जनकपुरमा योग गर्नेहरुको संख्यामा वृद्धि


जनकपुरधाम
जनकपुरधाममा जानकी योग शिविर ,पतञ्जली योग शिविर,राम योग शिविर दसरथ मन्दिर योग शिविर,वकिल मोहल्ला योग शिविरहरु संचालनमा रहेका छन । विभिन्न रोगबाट मुक्तिको लागि एवं शाररीक तनदुरुस्तीको लागि जनकपुरमा पछिल्ला दिनमा योग गर्नेहरुको संख्यामा अत्याधिक वृद्धि भएको छ ।जानकी योग शिवरिमा मात्रै दैनिक चार सय भन्दा बढिले योग गर्ने गरेका छन । योग गुरु मनोहर साहले स्वास्थ्य नै अहिले प्रमुख धन रहेको छ । योग गर्दा निरोग हुने गरेको कारणले गर्दा समेत योगको आवश्यकता रहेको उनले बताए । साहले योग गर्दा मन मस्तिक सबै स्वस्थ्य रहने गरेको कारणले योग गर्नुपर्नेमा जोड दिएका छन । विहान साढे चार बजे देखि साढे ६ बजे सम्म जनकपुर आसपास क्षेत्रमा योग गर्नेहरुको भिड लाग्ने गर्दछ । मोटो पना ,डाईबेटिज,थाईराईट, उच्च रक्त चापका बिरामीलाई योगले फाइदा पुयाउने गरेको थाहा पाएपछि योग गर्नेहरुको संख्या पल्छिलो समय जनकपुरमा बढेको हो । योगले स्वस्थ समाजको निर्माण बन्दै गएको छ, निशुल्क रुपमा योग प्रशिक्षण दिने गरेका छौँ, विस्तारै ग्रामीणस्तरमा फैलिन थालेको छ’ साहले भने ।
योग गर्न थाले पछि दैनिक जीवनमा आई पर्ने तनाब र छटपटीहरु मात्र हराएनन् मन देखिको शान्तिले उहाका जीवनमा नयाँ उर्जा थप्यो । सुरुका दिनहरुमा लौरो टेकेर योग गर्न पुग्ने ईन्दिरालाई अहिले कुनै सहाराको आबस्यकता पर्दैन । योगले उहाको जीवनमा नयाँ आयाम थपेको छ । योग गर्न थाले देखि उहाले सात्विक खाना खानु हुन्छ । जुन खानाले बुद्ध अबस्थामा पनि कुनै किसिमको शारिरीक समस्या देखिएको छैन ।
नेपालमा प्रथम पटक माघ १ गतेलाई योग दिवसका रुपमा मनाउन थालिएको भएपनि संयुक्त राष्ट्रसंघले जून २१ को दिनलाई विश्व योग दिवस घोषणा गरेको छ । प्राचीन ऋषिहरुले विकसित गरेको योग साधना आयुर्वेद चिकित्साको रुपमा विकासित हुँदै गएको छ । पतञ्जलिका अनुसार चित्तवृत्तिको निरोध नै योग हो । 
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबै योग बाट मात्रै प्राप्त हुने योगका विशिष्ठ ज्ञान प्राप्त गर्नेहरुले बताउने गरेका छन ।
 

जनकपुर योग जनकपुरधाम

संम्बधित खबर

विशेष