News राजनीति

अनेरास्ववियुद्वारा माधव पक्षका तीन नेता निस्कासित

अनेरास्ववियुद्वारा माधव पक्षका तीन नेता निस्कासित

एमालेको भातृ संगठन अनेरास्ववियुले निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई साधारण सदस्य समेत नरहने गरी निकालेको छ। समानान्तर गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई सांगठनीक कारवाही गरिएको हो ।

केही दिनअघि माधव नेपाल पक्षको अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । सो विषयमा दुई पटक (चैत १५ र चैत २२) स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको जनाईएको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले मंगलवार विज्ञप्ति जारी गरेर तीन जनालाई निष्कासन गरिएको जनाएको छ । प्रष्ट पारेका छन् ।

अनेरास्ववियुले माउ पार्टीकै शैलीमा विद्यार्थी नेतालाई कारवाही गरेका छन् । एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
 

विशेष