बागमती प्रदेशमा अष्टलक्ष्मीको नेतृत्वमा एमालेको समानान्तर कमिटी घोषणा

एमालेका निलम्वित नेता माधव कुमार नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ।
१७५ सदस्यिय कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं छन् भने सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबालगायत छन्।
यसको दुई दिन अघि नेपाल पक्षको काठमाडौं जिल्ला कमिटी घोषणा भएको थियो । वसन्त मानन्धरको नेतृत्वमा गठित कमिटीमा २५० जना सदस्य छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्वन गरेपछि नेपाल समुह सामानन्तर कमिटी विस्तारमा लागेको हो ।
ओली पक्षले भने समानान्तर कमिटी वनाउने र कमिटीमा वस्ने सवैलाई कारवाही गर्ने जनाएको छ । जस अनुसार मंगलवारै अनेरास्ववियुका तीन नेतालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका थिए ।
बागमती प्रदेश अष्टलक्ष्मी शाक्य समानान्तर कमिटी