News

उदयपुरको बालमन्दिर माविको भवन निर्माणमा भारतको ४ करोड २९ लाख अनुदान

उदयपुरको बालमन्दिर माविको भवन निर्माणमा भारतको ४ करोड २९ लाख अनुदान

उदयपुरको त्रियुगा नगरपालिका स्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले ४ करोड २९ लाख अनुदान सहयोग गर्ने भएको छ ।

नयाँ भवन निर्माणका लागि सोमवार काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दूतावासको विकास साझेदारी तथा पुननिर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सम्झौता पत्रमा हस्ताक्षर गरे।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत करिव ४ करोड २९ लाखको लागतमा परियोजना सम्पन्न गर्ने गरी सम्झौता भएको राजदुतावसले जनाएको छ ।

भारतले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत नेपालमा ५२० भन्दा धेरै परियोजना अघि बढाएको थियो। नेपालका सात वटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश १ मा मात्रै ६५ वटा यस्ता परियोजना रहेको जनाईएको छ ।

स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सरसफाई तथा सार्वजनिक सुविधा, कनेक्टिभिटि, क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पुर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत पर्दछन् ।

यस्ता परियोजनाहरुलाई ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ कार्यक्रम अन्तर्गत लिइन्छ र परियोजना क्षेत्रका जनतालाई लाभ प्रदान गर्न यी परियोजनाहरुको कार्यान्वयन स्थानीय सरकारमार्फत गर्ने गरिएको दुतासवासले जनाएको छ ।

नेरु ५ अर्व ८० करोड अनुदानमा भारतले २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण परियोजना भने टेण्डर प्रक्रियामा रहेको छ । 

विशेष