कोरोनाका कारण खुम्चिएर वजेट निर्माण गर्नु पर्ने अवस्था आयोः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण सिर्जीत अवस्थाका कारण खुम्चिएर वजेट निर्माण गर्नु पर्ने अवस्था रहेको वताएका छन् ।
वुधवार अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताए । कोरोना तथा बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको उनको भनाई छ ।
कोरोनाका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गरिने वताएका उनले त्यसै कारण यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभई खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको जनाए ।
अनेरास्ववियुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ। शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
कोरोना अर्थमन्त्री वजेट