News राजनीति

माओवादी केन्द्रद्वारा वाग्मती प्रदेश सभामा अवरोध, वैठक विहिवार वस्ने

माओवादी केन्द्रद्वारा वाग्मती प्रदेश सभामा अवरोध, वैठक विहिवार वस्ने

माओवादी केन्द्रको विरोधका कारण वुधवार बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएका छ। प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावका विषयमा विरोध भएपनि प्रदेश सभा अवरुद्ध भएको हो ।

माओवादी केन्द्रले मंगलवार पनि संसद अवरुद्ध गरेको थियो । वुधवारको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव प्रदेश सभामा छलफलका लागि ल्याईएको थियो । उक्त प्रश्ताव सहमति बिनै बैठकमा पेश गरिएको भन्दै माओवादीका सांसदले विरोध गनाए ।

प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले प्रस्तावमाथि छलफल नगराउन माग गरेका थिए । तर, उनको माग सुनुवाई नभए पछि माओवादीले सोही क्रममा बैठक अवरुद्ध गराएको हो ।

माओवादीको अवरोधकै कारण प्रदेशसभा बैठक स्थगित गरिएको जनाईएको छ । अर्को बैठक विहिवार ११ बजेका लागि निर्धारण गरिएको छ । 
 

विशेष