News राजनीति

गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजिनामा, के होला सरकारको अवस्था ?

गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजिनामा, के होला सरकारको अवस्था ?

गण्डकी प्रदेशका दुई जना मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।

माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले वुधवार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जनाईएको छ ।

मन्त्रीलेराजीनामा दिएपनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । माओवादी संसद दिपक कोइराला समर्थन फिर्ता लिने विषयमा अर्को बैठकमा छलफल हुने बताउँछन् ।

गण्डकी माओवादीले पनि केन्द्रकै शैली अपनाएको छ । केन्द्रमा माओवादीले मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यदि माओवादीले समर्थन फिर्ता लिएपनि सरकार ढलिहाल्ने अवस्था भने छैन ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद रहेकाले बहुमतका लागि ३ सिट मात्रै कम हुने छ। सरकारलाई माओवादीसहित जनमोर्चाले पनि समर्थन छ। जनमोर्चासँग ३ जना सांसद छन् रहेकाले दुवै माओवादीले समर्थन फिर्ता लिएपनि बहुमत पुग्ने देखिएको छ । वहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ।

त्यसैले यदि माओवादीले समर्थन लिए सरकार नढल्नेमा मुख्यमन्त्री आश्वस्त छन् ।

विशेष