माओवादीले समर्थन फिर्ता लिएको छैन, सरकार वनाउन विश्वासको वातावरण छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई आग्रह गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले विश्वासको वातावरण नभएको वताएका छन् ।
वुधवार झापाको बुद्धशान्ति गाँउपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा सभापति देउवाले अझै विश्वासको वातावरण बनिनसकेको बताए ।
देउवाले नयाँ सरकार गठन निश्चित नभएको बताउँदै सरकार बनाउन आवश्यक बहुमत प्राप्त हुने अवस्था तत्काल नदेखिएको जानकारी दिए।
कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार बनाउन पहल गर्ने संस्थागत निर्णय गरेको छ। तर, सभापति देउवाले भने नयाँ सरकार गठन निश्चित भइनसकेको बताएका छन् ।
समर्थन फिर्ता सरकार विश्वास शेरबहादुर देउवा