News

प्रधानमन्त्री भन्छन्– कोरोना संक्रमण दर बढेकाले सतर्क रहौं  

प्रधानमन्त्री भन्छन्– कोरोना संक्रमण दर बढेकाले सतर्क रहौं  

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिम वढेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभामा वोल्दै उनले भारतमा संक्रमण दर बढेको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम भएकाले सतर्क रहनु पर्ने वताए ।

समयमै सचेत भएर सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भन्दै उनले त्यस्तो अवस्था आउनै नदिनु चाहि वुद्धिमानी हुने धारणा राखे ।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने वताएका उनले भने– ‘कोभिड–१९ को सन्दर्भमा म भन्न चाहन्छु । यदि हामी सावधान भएनौं भने हाम्रो जनजीवनलाई बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ । अहिलेदेखि नै हामी सावधान हुनुपर्छ, दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’
 

विशेष