News समाज

दुःख पर्दा सहारा वनेकी छोरीलाई मर्ने वेलामा आमाले नै धकेलिन प्रहरी खोरमा

सम्पत्तिका लागि आमा तानातान

दुःख पर्दा सहारा वनेकी छोरीलाई मर्ने वेलामा आमाले नै धकेलिन प्रहरी खोरमा

गत चैत २४ गते प्रहरीले नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मीलाई पक्राउ गर्यो। आफनै ८४ वर्षकी आमा शोभा रिजालले जाहेरी दिएपछि उनी पक्राउ परिन् ।

सुष्मा पक्राउ परेको विषयलाई धेरै संचार माध्यमले पाथमिक्ता दिएर समाचार वनाए । आफनै वृद्धा आमाले दिएको जाहेरीका आधारमा राष्ट्र वैंकको निर्देशक पक्राउ पर्नुले घटनाले चर्चा पाउनु स्वभाविकै थियो । त्यसमाथि पनि सुष्मा जुन आरोपमा पक्राउ परिन्, नेपालमा यो विरलै हुने घटना हो। प्रहरीले सुष्मा माथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोप लगाएको छ। यस अर्थमा पनि यो घट्नाले समाचार माध्यम र सामाजिक सञ्जालमा प्राथमिक्ता पायो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरवाला आमा शोभाले भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन ।

प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन । भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूवर्क झिकेको प्रहरीको आरोप छ । 

यसैगरी भूपेन्द्रको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मी (जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक) ले झुक्याएर झिकेको प्रहरीको आरोप छ । 

सोहीअनुसार परेको जाहेरीका आधारमा सुष्मालाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

प्रहरीका अनुसार सुष्माविरुद्ध विशेष गरी ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ को उलंघनको आरोपमा पक्राउ गरिएको हो । दफा ४ मा कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइनेछैन भनी उल्लेख छ । सोही दफाको उपदफा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख छ । 

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था छ । 

अर्कोतर्फ सुष्माको परिवारले भने आफुहरु विरुद्ध लागेका सम्पुर्ण आरोप गतल भएको भन्दै नियोजित रुपमा फसाईएको र प्रहरी पनि प्रभावमा परेर आफुहरुलाई दुःख दिएको वताएको छ । पारिवारीक सदस्यले दिएको जानकारी अनुसार भुपेन्द्र प्रसाद रिजाल र शोभाका एक छोरा र चार छोरीहरु हुन। जसम्धये जेठी छोरी सुस्त मनस्थितीकी भएकाले अविवाहित छन् । वाँकी तीनै छोरीको विवाह भई घरजम गरेर वसेका छन् । ०५६/०५७ सालतिर भुपेन्द्र, शोभा र जेठी छोरी विराटनगर गए । भुपेन्द्रले माइली छोरी गंगा सुवेदीले विराटनगरमा संचालन गरेको सिटी केवलको मेनेजरका रुपमा काम गरे । सिटी केवलममा काम गर्दै गर्दा शोभाको पाठेघरमा क्यान्सर भएपछि उनीहरु पुनः काठमाण्डौ फर्के ।

तर, वल्खु स्थित आफ्नो घरमा छोरा सुरेन्द्र रिजाल (अवकास प्राप्त उपसचिव) र वुहारीले वस्न दिएनन् । सोहि विषयमा विवाद वढ्दै गएपछि सर्वोच्च अदालतमा मुद्दा पर्यो । करिव ७ वर्षको मुद्दामामिलापछि भएको फैसला अनुसार उनले छोरालाई अंश पनि दिए। वाँकी रहेको सम्पत्ति वेचविखन गरी माईली छोरी गंगा सुवेदीलाई विराटनगर स्थित तीनटोलीयामा २ कठ्ठा जग्गा सहितको घर किनीदिए। यसैगरी अमेरीका वस्ने कान्छी छोरी नुतनलाई पनि केहि सम्पत्ति दिएका हुन । त्यसपछि भुपेन्द्र र शोभाले माइली छोरीसँगै वस्ने इच्छा ब्यक्त गरे । तर, छोरीले आफनो घरमा राखेर पाल्न नसक्ने वताएपछि उनीहरु ललितपुर सानेपा स्थित साईली छोरी सुस्मा रेग्मीको घरमा वस्न थालेका हुन् ।

सुष्माको परिवारले वृद्ध अवस्थाका वावुआमाको औषधोपचार र स्याहारसुसार गर्यो । विरामी आमा शोभालाई पटक–पटक स्टार हस्पिटलमा भर्ना गरी उपचार गरियो । यसैक्रममा ०७५ मंसिर १ गते क्यान्सर रोगका कारण भुपेन्द्रको मृत्यु भयो । स्टार हस्पिटलमा उपचारकै क्रममा उनले प्राण त्यागे। हिन्दु संस्कार अनुसार गर्नुपर्ने सवै कर्म सुष्माले नै गरिन।

छोरा वुहारीले हेरचाह नगरेको र ७ वर्षसम्म मुद्दा गरेर छोरा वुहारीले दुःख दिएका कारण वुवाआमाले माईली छोरी र कान्छी छोरीलाई दिई वाँकी रहेको सम्पत्ति हेरचाह गर्ने साईली छोरी सुस्मालाई नै दिएका थिए । उनीहरुको सल्लाह अनुसार नै कानुनी रुपमा लिखत गरेर केहि सम्पत्ति दिएको उनीहरु स्विकार्छन ।

यसैक्रममा ०७६ फागुन ७ गते घरमा कोहि नभएको समयमा छोरावुहारी र माईली छोरी गंगाले आमा र जेठी दिदीलाई लिएर गएको सुष्मा उनीहरुको भनाई छ। आमालाई लिएर जाँदा साथमा भएको गरगहाना, नगद र अन्य सामान पनि उनीहरुले नै पिकअपमा हालेर लगेको उनीहरु वताउँछन् । ‘पछिल्लो समय आमासँग भेट्न छोरावुहारी र छोरीहरुको आउजाउ वढेको थियो, आमा भेट्न आएका छोराछोरीमाथि अविस्वास गर्ने कुरा भएन’ सुष्माको पारिवारिक श्रोत भन्छ–‘हामी काममा हिडेपछि दिनभरी घरमा उनीहरुका के कुरा हुन्थे र के योजना वनेर यस्तो अवस्था आयो भन्न सक्ने अवस्था छैन।’ तर, शंका गर्ने प्रसस्तै सम्भावना रहेको उनीहरु वताउँछन् ।

आमालाई घरमा लगिसकेपछि भएको सम्पत्ति भोग चलन गर्न पाउने र सेखपछि सवै जायजेथा आफनै हुने लोभमा यस्तो प्रपन्च गरिएको सुष्माको पारिवारीक श्रोतको दावी छ । आमालाई उचालेर जाहेरी दिलाई छोरा–वुहारीका साथै छोरी गंगाको परिवार समेत मिलेर आफुहरुको हुर्मत लिने काम भईरहेको उनीहरुको आरोप छ। राष्ट्र वैंकको निर्देशक पदमा कार्यरत रहेकाले त्यसको डाहा गरी वृद्धा आमालाई उचालेर गलत र झुठ प्रचार गराईएको उनीहरु वताउँछन् । ‘हाम्रो समाजले छोरीज्वाईको घरमा वस्नुलाई राम्रोे मान्दैन, त्यसैले आमालाई छोरावुहारीको मोह जागेको हुन सक्छ’ उनीहरु भन्छन्–‘तर, दशकौंसम्म वावु आमा नचाहिने र सम्पत्तिको लागि उनीहरुलाई नै दुःख दिने छोरालाई आमाको अन्तिम अवस्था भएपछि कसरी याद आयो ? शंका गर्नुपर्ने ठाउँ यहाँ छ।’

वावु आमालाई दुःख र कष्ट हुँदा उनीहरुको सहारा वनेको मान्छेले कसरी गलत नियत राख्छ ? भन्दै उनीहरु भन्छन्–‘यो सवै वृद्धा आमालाई वहकाएर सम्पत्तिका लागि म माथि भएको षण्यन्त्र हो भन्ने प्रष्ट छ।’ आफुलाई सहि सावित गर्न मिडियावाजी गरिएको पनि उनीहरुको आरोप छ। गलत र झुठा समाचारहरु सम्प्रेषण गर्ने मिडियाहरु माईली छोरी गंगा सुवेदीले परिचालन गरेको उनीहरुको वुझाई छ। 

सुष्मालाई हाल टेकु स्थित हिरासतमा राखिएको छ । गम्भिर रोगको औषधोपचारका लागि अस्पताल समेत जान नदिएर प्रहरीले ज्यादती गरिरहेको परिवारका सदस्यले जानकारी दिएका छन् । 

सम्पत्ति दुःख आमा तानातान मातृ मोह

विशेष