News राजनीति

गगनलाई महेशको जवाफ– बोकाको शैलीले दाइँ गरिँदैन, दाइँ गर्नका गोरुकै शैली चाहिन्छ

गगनलाई महेशको जवाफ– बोकाको शैलीले दाइँ गरिँदैन, दाइँ गर्नका गोरुकै शैली चाहिन्छ

नेकपा (एमाले) का सांसद महेश बस्नेतले बोकाको शैलीले दाइँ गरिँदैन भन्दै दाइँ गर्नका लागि गोरुकै शैली चाहिने वताएका छन् । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापालाई इंगित गर्दै उनले यस्तो वताएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले भने–‘प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने कतिपय साथीभाइहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाइँ गरिँदैन र दाइँ गर्नका लागि गोरुकै शैली चाहिन्छ । आज संसद्मा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गरौँ, नसके वस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौँ ।”

प्रधानमन्त्री ओलीलाई ‘च्यालेन्ज’ गरेर बालहठ देखाउने काम नगर्न उनले सुझाव दिए । 

वस्नेतले सरकारले गरेका विकास निर्माणका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन’ भनी भन्न पनि चुनौती दिए । यसअघि नेता थापाले प्रधानमन्त्रीले शिलान्यास गरेका १६५ वटा सडकको विषयमा आलोचना गरेका थिए। १६५ वटा सडक वनाउन ५७ अर्ब खर्च लाग्ने तर, त्यसका लागि जम्मा ३ अर्व वजेट रहेको वताएका थापाले ‘पैसा छैन। योजना छैन। वर्षको जम्मा ८–९ सय किमि सडक बनाउने सडक विभागले अब २२–२३ सय किमि सडक थप्नका निम्ति संस्थाको क्षमता बढाउने हिसाबकिताब केही छैन’ भन्दै आलोचना गरेका थिए । उनले भनेका थिए–‘त्यसबारे केही सोच्न नपर्ने हो भने १६५ मात्र किन एउटा निर्वाचन क्षेत्रमा १० वटा सडक ठोक्दिम्। एकैपटक १६ सय ५० वटा सडकको शिल्यान्यास गरौं।’

नेता थापाको यस प्रसंगमा केन्द्रित हुदै सांसद वस्नेतले विकास निर्माणका काममा अनावश्य रुपमा  आलोचना भईरहेको वताए । ‘रानी पोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ ? एक दिनमा १९६ अस्पताल शिलान्यास भएको कुराले, १६४ वटा निर्वाचन क्षेत्रसँग सम्बन्धित सडकहरु रणनीतिक सडकको रुपमा शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?’ उनले भने–‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ, मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस् ।’

गगन थापा महेश बस्नेत बोकाको दाइँ

विशेष