News राजनीति

ओलीको विकल्प खोज्न देउवाले वोलाए तीन दलको वैठक

ओलीको विकल्प खोज्न देउवाले वोलाए तीन दलको वैठक

सत्ता सहकार्यका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन दलको बैठक बोलाएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार ३ बजे वस्ने गरी कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन्।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने निर्णय गरेको निकै दिनपछि देउवाले तीन दलिनय वैठक वोलाएका हुन् । माओवादी केन्द्रले लामो समयदेखि ओलीको वहिर्गमन चाहेको छ । तर, सरकारलाई दिएको विस्वासको मत भने फिर्ता लिन सकेको छैन ।

यसैगरी जसपा पनि अहिलेसम्म अनिर्णित नै छ। जसपाका नेताहरुले सरकारसँग पटक पटक वार्ता गरे पनि निकास निस्कन सकेको छैन । महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना माग पूरा हुने भए सरकारमा जाने पक्षमा देखिएका छन् भने डा बाबुराम भट्टराई र उपेन्द्र यादव भने कुनै पनि सर्तमा ओली सरकारमा सहभागि नहुने वताउँदै आएका छन् ।

शुक्रवारको वैठकमा ओलीको विकल्प खोज्नुपर्ने विषयमा नै छलफल हुने जनाईएको छ ।
 

शेरबहादुर देउवा ओलीको विकल्प तीन दलको वैठक

विशेष