नेपाल पत्रकार महासंघको महोत्तरी अध्यक्षमा कमलेस मण्डल निर्वाचित

नेपाल पत्रकार महासंघको महोत्तरी अध्यक्षमा कमलेस मण्डल निर्वाचित


जनकपुरधाम
नेपाल पत्रकार महासंघको नयां नेतृत्वको लागि भएको विभिन्न जिल्लाहरुको मत परिणाम आउने क्रम सुर भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा महोत्तरीमा कमलेश मण्डल नेतृत्वको प्यानल विजयी भएको छ ।प्रेस युनियन निकट मानिएका छन । 
महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डल निर्वाचित भएका छन् । उनले २३ मत ल्याएका छन् भने उनको निकटम प्रतिद्वन्दी महेशकुमार दासले १८ मत ल्याएका छन् ।यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) २२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी विक्रम रौनियारले १७ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा सुनिता कुमारीले २२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी दिपिका कुमारी साहले १७ मत ल्याएको निर्वाचन समितले जनाएको छ ।सचिवमा राजकरण महतो २२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी रञ्जन भण्डारीले १९ मत ल्याएर हार व्यहोरेका छन् । यसैगरी सहसचिवमा रामनारायण महतो २१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राजिव रायले १९ मत ल्याएका छन् । सहसचिव समावेशीमा संजित मण्डल २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्दी उपासना तिवारीले १९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा अजय कुमार सिंहले १९ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी विवेकानन्द झाले १९ मत ल्याएका छन् ।यस्तै मधेसी सदस्यमा अमृत कुमार महतो विजयी भएका छन् भने खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चौधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल प्रसाद बराल विजयी भएका छन् ।  नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ । निर्वाचन समितका अनुसार महोत्तरीमा शतप्रतिशत मतदान भएको थियो
पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गर्न पाएका हुन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था थियो । 
 

नेपाल पत्रकार महासंघ निर्वाचन

संम्बधित खबर

विशेष