News फोटो

देशको दृष्य

देशको दृष्य

११ फोटोमा देशको दृष्य। फोटोः रासस

गाउँमा चौकीदारी गर्दै– दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुका ६० वर्षिय राईसिंह ऐतवाल छ महिना गाउँको चौकीदारी गर्दै । गत मङ्सिर महिनामा व्यास छाङ्गरुका स्थानीय चिसो छल्न सदरमुकाम खलङ्गा झरेपछि गाउँका १२० घरधुरीको सुरक्षा हेर्ने जिम्मेवारीमा ऐतवाल हुनुहुन्छ ।

 

छ महिना सुनसान बनेको छाङ्गरु गाउँ– गत मङ्सिरमा हिमपात भएपछि व्यास गाउँपालिका–१ छाङ्गरुको सुनसान गाउँ । यहाँका स्थानीय गाउँमा चारदेखि छ फिटसम्म हिमपात हुने गरेका कारण हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आउँछन् ।

 

प्रधानमन्त्री रोजगारमा महिला– डोल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत त्रिपुराकोट गाउँ जोड्ने सडक निर्माण गर्ने काममा सहभागी त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ त्रिपुराकोटका महिलाहरु ।

 

तातोपानी जाँदै महिलाहरु– ठुलिभेरी नगरपालिकाअन्तर्गत रुपगाडमा पर्ने तातोपानी कुवामा नुहाउन जाँदै गरेका स्थानीय महिलाहरु । चैत महिनामा तातोपानी कुवामा नुहाउनाले मुटु दुखाइ, हड्डी दुखाइ, छालाजन्यलगायतका रोगहरु सञ्चो हुने विश्वास रहेको छ ।

 

कालिका मन्दिर पुनर्निर्माण– तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक खड्गकालिका मन्दिर पुनर्निर्माण गरिँदै । पुरातत्व विभागको रु ५० लाखको लागतमा मन्दिर पुनर्निर्माण भइरहेको छ ।

 

डढेलो सम्बन्धी सचेतना– तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा डढेलो सम्बन्धमा स्थानीयवासीलाई सचेतना प्रदान गर्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले । वन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा डढेलो सम्बन्धी सचेतनालाई तीव्रता दिएको छ ।

 

पाटेबाघको अस्थिपञ्जर– गैँडा गणनाका क्रममा सेतीदेवी सामुदायिक वनमा भेटिएको पाटेबाघको अस्थिपञ्जर ।

 

व्यावसायिक तरकारी खेती– व्यासनगरपालिका–११ निवासी रमेशप्रसाद आचार्यले व्यावसायिक रुपमा गर्नुभएको तरकारी खेती । तरकारी खेतीबाट आचार्य गतबर्ष राम्रो आम्दानी गर्नुभएको थियो ।

 

खरिदबिक्री गरिँदै– विश्व सम्पदामा सूचिकृत वसन्तपुर दरबार क्षेत्रमा  हस्तकलाका विभिन्न सामग्री खरिदबिक्री गरिँदै । पर्यटकीय स्थलका रुपमा रहेको यस क्षेत्रमा पर्यटकको चहलपहल बढने गरेको छ ।

 

पोलिस गर्दै महिला– भत्तपुरको च्यामासिंहमा काठको फर्निचरमा पोलिस गर्दै महिला ।

 

कालोपत्रेका लागि तयारी– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डअन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिकामा कालोपत्रेका लागि सडक सफा गर्दै मजदुर ।

विशेष