News

कर्णालीमा माओवादीलाई एमालेको झट्काः मुख्यमन्त्री शाही अल्पमतमा, सरकार वनाउने एमालेको कसरत

कर्णालीमा माओवादीलाई एमालेको झट्काः मुख्यमन्त्री शाही अल्पमतमा, सरकार वनाउने एमालेको कसरत

कर्णाली प्रदेशमा माओवादीवाट मुख्यमन्त्री वनेका महेन्द्रवहादुर शाहीले राजिनामा दिने र एमालेको नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य सुरु भएको छ । 

एमाले संसदीय दलले चैत ४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने सरकारमा सहभागी तीन जना मन्त्रीले चैत २४ गते राजीनामा दिएका थिए । एमाले मन्त्रीले राजिनामा दिएपछि कर्णाली प्रदेश सरकारको नेतृत्व १२ जना सांसद रहेको माओवादी केन्द्रले गरिरहेको छ ।

माओवादीका १३ जना सांसदमध्ये दैलेखबाट निर्वाचित धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि अहिले १२ जना सांसद छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । यो अवस्थामा मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ।

एमालेका सांसदहरुले भने अव मुख्यमन्त्री शाहिले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने वताएका छन् । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । यसरी बनेको सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ वा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री शाहीले भने राजीनामा दिएका छैनन् र विश्वासको मत लिन संसद् अधिवेशनसमेत बोलाइएको छैन ।

शाही विश्वासको मत लिने प्रयासमा त छन् उनको यो प्रयासमा कांग्रेस र राप्रपाको समर्थनले मात्र पुग्दैन, एमालेका कम्तीमा दुई जना सांसदको पनि साथ आवश्यक पर्छ । मुख्यमन्त्री शाहीले राजीनामा नदिए पनि वैशाख सुरुवातमै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

विशेष