News राजनीति

प्रधानमन्त्रीलाई गगनको आग्रह– तथ्यांक र योजनाका आधारमा मात्रै गफ चुट्नोस

प्रधानमन्त्रीलाई गगनको आग्रह– तथ्यांक र योजनाका आधारमा मात्रै गफ चुट्नोस

सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथ्यांक र योजनाका आधारमा मात्रै गफ चुट्न आग्रह गरेका छन् ।

मंगलवार प्रतिनिधि सभामा विशेष समय लिएर वोलेका थापाले प्रधानमन्त्रीले हुँदै नभएका गफ चुटेको आरोप लगाए । 

निर्माण भईसकेका पुल शिलान्यास गर्दै हिडेको र ठेक्का पनि नलागेका योजनाको उदघाटन गरेको भन्दै थापाले प्रधानमन्त्रीको आलोचना गरे । ‘निर्माण भइसकेको पुलको शिल्यानास गरेको छ। ठेक्का पनि नभएको सुनकोशी मरिन डाइभर्सनको उद्घाटन गरेको छ। बीच बाटोमा पुगिसकेको बाटोको शिल्यान्यास गरेको छ’ उनले भने–‘अस्ति भर्खर १६५ वटा सडकको बटन थिचेको छ।

१६५ वटा सडक वनाउन ५७ अर्ब खर्च लाग्ने तर, त्यसका लागि जम्मा ३ अर्व वजेट रहेको वताएका थापाले भने– ‘पैसा छैन। योजना छैन। वर्षको जम्मा ८–९ सय किमि सडक बनाउने सडक विभागले अब २२–२३ सय किमि सडक थप्नका निम्ति संस्थाको क्षमता बढाउने हिसाबकिताब केही छैन’ उनले थपे–‘त्यसबारे केही सोच्न नपर्ने हो भने १६५ मात्र किन एउटा निर्वाचन क्षेत्रमा १० वटा सडक ठोक्दिम्। एकैपटक १६ सय ५० वटा सडकको शिल्यान्यास गरौं।’

थापाले मुलुकमा भइरहेका पूर्वाधार निर्माणमा समस्या रहेको पनि वताए । ‘हाम्रो पूर्वाधार निर्माणमा समस्या छ, काम गर्ने निकायमा समस्या छ,’ भनी भन्छन् –‘तथ्यांक र योजनामा टेकेर मात्र कामको बारेमा बहस गरौं।’

प्रधानमन्त्रीले राष्ट्रिय गौरबका आयोजनाहरुलाई बिर्सेर हचुवाको भरमा शिलान्यासतर्फ मात्र ध्यान केन्द्रित गरेको उनले आरोप लगाए। 
 

प्रधानमन्त्री गगन थापा योजना तथ्यांक

विशेष