News राजनीति

प्रचण्डलाई प्रभु साहको चुनौती– छलछाम होईन चुनाव लड्न आउनोस

प्रचण्डलाई प्रभु साहको चुनौती– छलछाम होईन चुनाव लड्न आउनोस

सहरी विकास मन्त्री प्रभु साहले आफू चुनाव जित्न अरुको वैसाखी खोज्ने, मतपत्र च्यात्ने र बत्ती निभाउनेले आफ्नो सांसद पद खोस्न नसक्ने वताएका छन् ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरी मन्त्री वनेका साहसहित ४ जनालाई मंगलवार पार्टीले कारवाही गरेपछि उनको यस्तो अभिब्यक्ति आएको हो । उनले प्रचण्डप्रति लक्षित गर्दै भने–‘आफू चुनाव जित्न अरुको वैसाखी खोज्ने, मतपत्र च्यात्ने र बत्ती निभाउनेले मेरो पदको मालिक वन्न खोज्नु हास्यास्पद छ।’

आफू जनताको मतबाट निर्वाचित भएकोले सांसद पद खोस्ने हैसियत मतदातासँग मात्र भएको उनको जिकिर छ। 

चुनाव जित्नमा थौरै पनि भूमिका नभएको प्रचण्डले कुन नैतिकताले मेरो पद खोस्ने हैसियत राख्छ? भन्दै प्रश्न गरेका मन्त्री साहले आफ्नो हैसियत देखाउन प्रचण्डलाई चुनौतीसमेत दिए। छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनाव लडेर देखाउन भन्दै मन्त्री साहले प्रचण्डलाई चुनावमा आउन चुनौती दिए।

चुनावको नाममा आफू आतंकित हुने प्रचण्डहरुले लोकतान्त्रिक विधिबाट चुनाव जित्नेलाई पदबाट हटाएर लोकतन्त्र र जनताको मतको अपमान गर्ने अपराध गरेको मन्त्री साहको भनाइ छ। 

प्रचण्ड प्रभु साह चुनाव चुनौती छलछाम

विशेष