News अपराध सुरक्षा

सहमति करणी पनि नगरेको भन्दै उच्च अदालत पुगे सिद्धबाबा

सहमति करणी पनि नगरेको भन्दै उच्च अदालत पुगे सिद्धबाबा

महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा) ले आफुले सहमति करणी पनि नगरेको भन्दै जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएका छन् ।

जबरजस्ती करणी मुद्दामा उनलाई सुनसरी अदालतले सफाइ दिएको थियो । गिरीले फैसला न्यायसंगत नभएको दाबी गरेका छन् । उनले फैसलामा भिनए झै सहमति करणी नभएको निवेदनमा दावी गरेका छन् । 

सुनसरीले अदालतले दुई पक्षबीचको सहमतिमा भएको करणीलाई जबरजस्ती भन्न नमिल्ने भन्दै उनलाई सफाइ दिएको थियो ।
 
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले जबरजस्ती करणीमा मुद्दामा सिद्धबाबालाई सफाई दिने फैसला गरेको थियो । गत मंसिर २२ गते भएको फैसला पुर्व प्रतिवादी पक्षको मात्रै बयान लिईएको थियो । फैसलामा महिलाको चरित्रमाथि प्रश्न उठाईएको छ। ‘जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन’– फैसलामा लेखिएको छ।

सिद्धबाबालाई सफाइ दिएपछि उच्च सरकारी वकिलको कार्यालयले गत फागुन २८ गते उच्च अदालत विराटनगरमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सो मुद्दामा उच्च अदालतले सिद्धबाबालाई उपस्थित गराउने आदेश दिइसकेको छ ।

गत चैत १३ गते उनलाई उच्च अदालत विराटनगरले १५ दिनभित्र झिकाउने आदेश दिएको हो ।
 
सिद्धबाबाले २०७६ कात्तिक ४ गते राति आफूमाथि बलात्कार गरेको आरोपसहित एक महिला अनुयालीले २०७६ मंसिर ११ गते करणी मुद्दामा जाहेरी दिएकी थिइन् । 

उच्च अदालत सिद्धबाबा सहमति करणी

विशेष