माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन


जनकपुरधाम 
माओवादी केन्द्रले प्रदेश नम्बर २ को  आफनो संसदीय दलको नेता चयन गरेको छ । माओवादी केन्द्रको संसदीय दलको बसेको बैठकले भरत प्रसाद साहलाई संसदीय दलको नेतामा सर्वसम्मतले चयन गरेको छ ।

त्यसैगरि उपनेतामा जगतप्रसाद यादव,प्रमुख सचेतकमा दिलिप साह,सचेतकमा रुवी कर्ण चयन भएका छन । पार्टीको प्रदेश नम्बर २ मा ११ जना प्रदेश सभा सदस्य रहेका छन ।जसमा चार जना नेकपा एमालेमा गएका छन । साहले विगतमा रामचन्द्र मण्डल संसदीय दलको नेता रहेको र उनि नेकपा एमालेमा गएपछि सो पदमा संसदीय दलका नेता चयन गर्नको लागि बैठक बसेको जानकारी दिए । उनले बैठकले आफुलाई संसदीय दलको नेता चयन गरेका छन भने चार जना  प्रदेश सभा सदस्यलाई स्ष्टीकरण सोध्न निर्णय भएको छ । सर्वोच्च अदालतको आदेश पछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले भएपछि चार जना नेताहरु पुर्वतको माओवादी केन्द्रमा नफर्किएर नेकपा एमाले तर्फ लागेपछि उनिहरुलाई स्पष्टीकरण सोधिएको बताए । स्ष्टीकरण सोधिएको प्रदेश सभाका सदस्यहरुमा रामचन्द्र मण्डल,ज्वाला साह,मो.समिर ,कुन्दन कुशवाहा रहेका छन ।

उनिहरु पार्टीमा नफर्किएको खण्डमा उनिहरुको प्रदेश सभा सदस्यता खारेजको प्रक्रियाको थाल्नी गरिने समेत साहले बताए । त्यसैगरि संसदीय दलको विधान बनाउनको लागिविधान मस्यौदा समिति गठन गरिएको छ । समितिको संयोजकमा भरत प्रसाद साह,सदस्यहरुमा जगत यादव र रामकुमार यादव रहेका छन । 
 

माओवादी केन्द्र संसदीय दल प्रदेश नम्बर २

संम्बधित खबर

विशेष