News राजनीति

देउवाको प्रश्तावमा जसपाको अड्को, माओवादी सकारात्मक

देउवाको प्रश्तावमा जसपाको अड्को, माओवादी सकारात्मक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफनो नेतृत्वमा सरकार बनाउन तीन दलिय वैठकमा प्रश्ताव गरेका छन् ।

आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवाले वोलाएको तीन पार्टीका शीर्ष नेताको बैठकमा उनले कांग्रेस केन्द्रीय समितिले निर्णय बारे जानकारी गराउँदै यस्तो प्रश्ताव गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

यसैगरी कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए।

वैठकमा देउवाको प्रश्तावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले ओली सरकार अहिले जसरी पनि हटाउनुपर्छ भन्दै कांग्रेसले लिएको पहल सकारात्मक रहेको वताए । यसैगरी नेता नारायणकाजी श्रेष्ठले ओलीको विकल्पमा बन्ने सरकारलाई समर्थन हुने वताउँदै सरकारलाई दिएको समर्थन पार्टीले छिट्टै फिर्ता लिने बताए।


देउवाको प्रस्तावमा जसपाले भने पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय जनाएको छैन । जसपाका नेताहरुले निर्णयका लागि समय माग गरेका छन् ।

बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको र यसबारे पार्टीमा छलफल गरिने वताए । पार्टीको मागका विषयमा प्रधानमन्त्री ओलीसँग पनि कुराकानी भइरहेको वताएका उनले भने–‘मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओलीजीसँग पनि कुरा भइरहेको छ, देउवाले पनि ती माग पूरा गर्छु भन्नुभएको छ।’

जसपामा ओलीलाई नै समर्थन गर्ने कि देउवालाई सहयोग गर्ने भन्नेबारे दुई धार देखिएको छ।

सरकार शेरबहादुर देउवा माओवादी जसपा

विशेष