सांसदवाट पदमुक्त भएका चारै नेताको मन्त्री पदमा पुनः सपथ
नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरी मन्त्री वनेका चार जनाले शुक्रवार पुनः मन्त्री पदको शपथ लिएका छन्।
नेकपा एमालेमा प्रवेश गरेर मन्त्री वनेका तत्कालीन सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मुख्य सचिव शंकरदास बैरागी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायतको उपस्थिति थियो।
माओवादीले कारवाही गरेपछि प्रधानमन्त्री ओलीले चारै जनालाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
सांसद पद नभई मन्त्रीमा नियुक्त भएका उनीहरुको कार्यकाल ६ महिनाको हुनेछ। अव उनीहरु कुनै पनि माध्यमबाट संघीय संसदको सदस्य भएमात्र कार्यकाल बढाउनका सकिने छ।
सांसद पदमुक्त मन्त्री पुनः सपथ