News फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस

तीन दलको बैठक– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच शुुक्रबार नेका सभापति शेरबहादुर देउवा निवास बुुढानिलकण्ठमा बसेको तीन दलको बैठक ।

 

मन्त्रीहरुको शपथ– राष्ट्रपति कार्यालय शुक्रबार शीतल निवासमा नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साह  शपथ ग्रहण गर्दै ।

 

उखु जुसको व्यापार ह्वात्तै बढे– धनगढीको ट्राफिक चौराहा नजिकै शुक्रबार बिक्रीका लागि उखु जुस बनाउँदै व्यवसायी । पछिल्लो समय गर्मीयाम बढेसँगै धनगढीमा उखु जुसको व्यापार ह्वात्तै बढेको छ ।

 

पाकेको गहुँ भित्र्याउन चटारो– धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार कटान गाउँस्थित खेतमा शुक्रबार गहुँ थेस्रिङ गर्दै स्थानीय कृषक । यहाँका किसानलाई अहिले खेतमा पाकेको गहुँ भित्र्याउन चटारो छ ।

 

घर हस्तान्तरणपछि सामूहिक तस्बीर– जिल्लाको बन्दीपुर गाउँपालिका–२ रहेका गरीब असहाय तीन घरपरिवारलाई शुक्रबार साचो हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापा । कर्मफ्लाइटसको भूकम्परहित घरवास निर्माण परियोजनाको आर्थिक सहयोगमा उनीहरुको घर निर्माण गरिएको हो । 

 

च्याउ खेती– भानुनगरपालिका–५ नागनागेनी निवासी चन्द्रबहादुर भण्डारीले गरको च्याउ खेती । उनी बगँुर, कुखुरा, मौरी लगायतका सबै किसिमका पशुपालन गरेर उदाहरणीय कृषकको रुपमा परिचित छन्।

 

अस्पतालको शौन्दर्यकरण – धौलागिरी अस्पताल परिसर बागलुङमा रहेको बगैचामा श्रृङ्गार गरिँदै । सरकारी अस्पताल पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । 

 

मौरीको घारमा मह काढ्ने तयारी– तनहुँको भानु नगरपालिका–५, नागनागेनीका चन्द्रबहादुर भण्डारीले पालेको मौरीको घारबाट मह काढ्ने तयारी गरिँदै । उनी बङ्गुर, कुखुरा, मौरीलगायत पशुपालन गरेर उदाहरणीय कृषकको रुपमा परिचित छन्।

 

व्यावसायिक रुपमा पालिएका कुखुरा– व्यास नगरपालिका–१३, पोखरी भञ्ज्याङ निवासी दयानिधि नरालले नराल पशु तथा कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा पालेको लोकल जातका कुखुरा ।  नरालले कुखुरा प्रतिकेजी रु ७ सयदेखि रु ८ सयसम्ममा फर्मबाटै बिक्री गर्छन। 

 

बाँसको चोयाबाट निर्मित घरायसी सामग्री– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा बिक्रीका लागि राखिएका बाँसका घरायसी सामग्री । बजारमा रबरका सामग्री आएपछि बाँसबाट बनेका घरायसी सामग्री विस्थापित हुँदै गएको छ ।

 

तरकारी बेच्दै किसान– बागलुङको लालीगुराँस चोकमा  किसानले बिक्रीका लागि ल्याएको हरियो प्याज प्रतिमुठा रु १५ मा  खरिद गर्दै उपभोक्ता ।

 

मनोरञ्जन लिँदै आन्तरिक पर्यटक– तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित आँधीमूल मन्दिर परिसरमा रहेको पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक । आँधीमूल पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ ।

देशको दृष्य फोटो

विशेष