News राशिफल

२०७७ चैत्र २८ गते शनिवारको राशिफल

२०७७ चैत्र २८ गते शनिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च वढ्नाले आर्थिक संकट पर्ने छ। सोचेका काममा अवरोध आउला। ब्यापार घाटा वढ्ने छ। राजनीतिमा सोचे अनुसारको उपलब्धि हुने छैन। आँखाको रोगले सताउने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सत्रुहरु पराजित हुनेछन् । आम्दानीका श्रोत वढ्ने छन् । शैक्षिक र राजनीतिक क्षेत्रमा उल्लेख्य प्रगति हुने छ। धार्मीक काममा सहभागि हुनु पर्ला। स्वास्थ्य सामान्य रहनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
काममा अपजस पाउने समय छ। सामाजिक काममा अघि सर्नु भन्दा पछि वस्नुमै भलाई हुने छ। नेतृत्व गुम्म सक्के सम्भावना छ। शिक्षामा निराशा जाग्ने छ। दुर्घटनाको सम्भावना छ, होसियार हुनु होला।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
राजनैतिक काममा सफलता मिल्ने छ। शिक्षा र शिक्षालयसम्वन्धि काममा मानसम्मान पाईएला। पर्देशको वास हुन सक्छ। खानपानमा ध्यान दिनु होला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दुर्घटना हुन सक्छ, सतर्क रहनु होला। अग्लो ठाउँ तथा भिरमा जाँदा होस पुर्यानु होला। प्रतिष्ठामा आँच आउने र चोरीको अभियोग लाग्ने खतरा छ। गम्भिरता पुर्वक क्रियाकलाप गर्नु होला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्राकृतिक समस्या समाधान हुनेछन् । ब्यापार/ब्यवसायमा उन्नती हने छ। शैक्षिक क्षेत्रमा प्रगति देखिएको छ। नेतृत्व लिनु पर्ने सम्भावना छ। स्त्रि सुख प्राप्त हुने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सत्रु वढ्ने छन् । चोरीको भय देखिएको छ। परिवारमा मनमोटाव आउला। शिक्षामा निराशा जाग्ने छ। पढाई लेखाईमा मन जाने छैन । अनेक रोगले सताउने छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वैदेशिक यात्राको योग छ। डुवेको लगानी हात लाग्ने छ। शिक्षामा प्रगति हुने र मानसम्मान पाईने छ। पेट र ढाडको समस्या समाधान हुने छ। सन्तान प्राप्ति होला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सवारी (वाहन) दुर्घटना हुन सक्छ। भुमिगत ब्यापारमा नोक्सान होला। छातिको समस्या देखिएको छ। शिक्षामा आलस्य आउने छ। आर्थिक संकट पर्न सक्छ। जलयात्रा नगरेको राम्रो ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आर्थिक संकट टर्ने छ। सामाजिक/राजनीतिक समस्या समाधान हुनेछन् । घाँटी, कानको समस्यामा सुधार आउने छ। वैदेशीक यात्रा हुन सक्छ। पारिवारीक सुख प्राप्त होला। 

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सामाजिक काममा वाधा आउने छ। नेतृत्व गुम्ने सम्भावना छ। पैत्रिक सम्पत्तिका कारणले विवाद हुने छ। सञ्चित धनमा हानी होला। प्राकृतिक विपत्तिको सामाना गर्नु पर्ला । आलस्यले शिक्षामा वाधा पर्ने छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्राकृतिक संकट टर्ने छ। मानसम्मान वढ्ने छ। आयस्रोत वढ्नाले मानसिक चिन्ता हट्ने छ। शिक्षा क्षेत्रमा पदोपन्नतीको सम्भावना छ। नेतृत्व गर्नु पर्ने सम्भावना छ। जोस जाँगर थपिने छ।


– शेषराज पराजुली

राशिफल

विशेष