वैद्यखाना ओझेलमा नेपाली जडिबुटीको भएन सदुपयोग

वैद्यखाना ओझेलमा नेपाली जडिबुटीको भएन सदुपयोग


काठमाडौं
नेपाली बजारमा आयुर्वेदिक औषधिको मांग बढदो छ । यो मांगलाई नेपाली उत्पादनले धान्न सकेको छैन । आयुर्वेदिक औषधि उत्पादन गर्ने नेपाल सरकारको स्वामित्वमा रहेको एशियाकै पुरानो औषधि उत्पादक सिंहदरवार औषधि विकास समिति भने ओझेलमा छ । यहा पुग्ने ग्राहकले समेत भनेको औषधि पाउदैनन । नवलपरासीका उपभोक्ता मणिराम पाण्डेका अनुसार आफनो आफन्तलाई टन्सील भएको र आयुर्वेदीक औषधिबाट ठिक्क भएको सुनेको त्यो औषधि यहा पाइने गरिएको र किन्न आउदा नपाएको गुनासो गरे ।
नेपाल आफैमा आयुर्वेदीक औषधिको केन्द्र भएपनि सरकारले यसलाई सदुपयोग गर्न सकेको छैन । कोरोना संक्रमण कालमा सिंहदरवार वैद्यखानाको औषधि र च्यवनपरासका मांग चुलिएको थियो । तर वैद्यखानाको मांग अनुसारको च्यवनपरास उत्पादन गर्न सकेन । अहिलेपनि अत्याधिक मांगमा रहेको स्पेसल च्यवनपरास यार्सागुम्बा आभावका कारण उत्पादन भएको छैन । सिंहदरवार वैद्यखानाका प्रबन्ध निर्देशिक डा.वंशदिप शर्मा खरेलले गुणस्तर औषधि उत्पादनको लागि कच्चा पदार्थको उपलब्धता नभएको र त्यो कारणले समस्या आएको बताए । 
हुनत वैद्यखानाको उत्पादनको मँंग स्वदेशमा मात्र छैन विदेशमा पनि छ । निजि क्षेत्रको तुलनामा वैद्यखानाको उत्पादन र मुल्य समेत राम्रो छ ।तर मांग अनुसारको औषधि उत्पादन गर्न नसक्नु र नेपाली उपभोक्ता माझमा नै यसको पहुच पुर्याउन नसक्नु वैद्यखानाको कमजोरी रदै आएको छ । तर निर्देशक खरेलले कहिले काही समानहरुको आभावको कारणले समस्या आएपनि अहिले वैद्याखाना आफैमा आत्म निर्भर रहेको दावि गरे । आयुर्वेदीक औषधि उत्पादन गर्ने एक मात्र सरकारी उद्योग आधुनिक छैनन । यति मात्र नभएर यसको उत्पादन समेत न्युन रहेको छ । विदेशी आयुर्वेदीक औषधिले नेपाली बजारमा विज्ञापन प्रचार गर्दा सरकारले भने सरकारले आफनो उत्पादनको बजार बढाउन र यसको जानकारी फैलाउन कुनै चासो दिएको छैन । जसका कारण चार सय वर्षको ईतिहास बोकेको सिंहदरवार वैद्यखाना उत्पादनले नेपाली उपभोक्राको मांग र विश्वास पाउन सकेको छैन । यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको उपभोक्ताहरुको कथन रहेको छ । मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको वैद्यखानाबाट उत्पादित औषधि २००९ मा मात्र सर्वसाधारणले उपभोग गर्न पाउने व्यवस्था गरिएको थियो । २०१३÷१४ सालसम्म गुरुयोजनाअनुरूप चल्दा संस्थाले निकै फड्को मारेको थियो । पछि सिंहदरबार वैद्यखाना समिति गठन आदेश २०५१ आइसकेपछि ‘सिंहदरबार वैद्यखाना’ लाई ‘सिंहदरवार वैद्यखाना विकास समिति’ मा परिणत गरियो । त्यसयता संस्था नेताहरूको कार्यकर्ताको भर्ती गर्ने केन्द्रका रूपमा परिणत भएको वैद्यखानाका प्रबन्ध निर्देशक खरेलले बताए ।
 

काठमाडौं आयुर्वेदिक औषधि सिंहदरवार औषधि विकास समिति

संम्बधित खबर

विशेष