भारतमा कोरोनाको संख्या अत्याधिक बढेपछि नेपालमा बढ्यो खतरा
एजेन्सी
भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा कोरोनाको संक्रमण अत्यािधक बढेपछि खुला सिमाको कारणले गर्दा नेपालमा समेत यसको जोखिम बढन सक्ने स्वास्थ्य विज्ञहरुको कथन रहेको छ । भारतमा बिहीबार (अप्रिल ८, चैत २६ गते) एकैदिन सबैभन्दा बढी १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए ।
भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै यो हप्ता रेकर्ड दिनानुदिन बढ्दै गएको हो । गत आइतबार १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । बुधबार त सीमा नै झन् नाघ्यो । बिहीबार त कल्पनाभन्दा बाहिर नै गयो । भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार सातौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो ।
भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् ।
तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ ।
योसँगै कुल संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर ९ लाख ७४ हजार २३३ पुगेका छन् ।
मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । बिहीबार पछिल्लो समयको सबैभन्दा बढी ८०२ पुगेको छ । यसअघि गत शुक्रबार शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको थियो । आइतबार ४७७ जनाको ज्यान गएको थियो भने सोमबार ४४५ जनाको ज्यान गएको थियो । मंगलबार बढेर ६३० पुगेका थिए । बुधबार अझै बढेर ६८४ पुगे ।
अहिलेसम्म १ लाख ६७ हजार ६९४ को ज्यान गइसकेको छ । बिहीबार जम्मा ६१ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका छन् । बुधबार ५९ हजार ९०७ जना संक्रमित थपिएका थिए । यसअघि आइतबार ५७ हजार ७४ जना, मंगलबार ५५ हजार ४६९ जना र सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको थियो । बिहीबार एकैदिन सबैभन्दा बढी ३७६ जनाको ज्यान गएको छ । बुधबार एकैदिन ३२२ जनाको ज्यान गएको थियो । मंगलबार २९७ जना, शनिबार २७७ जनाको ज्यान गएको थियो । महाराष्ट्रमा मात्रै हाल ५ लाख२१ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन् ।
मोदीले भने कोरोना रोक्न तिन टि प्रभावकारी
प्रधानमन्त्री नरेन्द्र मोदीले तीन ’टी’ अर्थात् मानिसहरूलाई परीक्षण, ट्र्याक र कोरोनासँग डिल ट्रीट भएकाहरूसँग सही व्यवहार र ब्यवस्थापनको वर्णन गरे जुन यो संकटसँग लड्नका लागि मुख्य केन्द्र हो ।
प्रधानमन्त्री मोदीले देशको कोरोनाको दोस्रो छाल पहिलो भन्दा छिटो छ । देश पहिले नै पहिलो छाल को समय को चोटी पार गरिसक्यो । उनले भने धेरै राज्यहरुमा संक्रमित मानिसहरुको संख्या निरन्तर बढिरहेको छ, जुन हामी सबैको लागी चिन्ताको विषय हो । उनले भने अचानक कोरोना केसमा भएको बृद्धिले जनताको अगाडि समस्या खडा गरेको छ । यद्यपि उनले आश्वासन दिएका छन् कि सबै चुनौतिहरूको बाबजुद पनि हामीसँग पहिले भन्दा राम्रो अनुभव, स्रोत र यसको खोप छ । नरेन्द्र मोदीले जनताको सहभागितामा डाक्टर र स्वास्थ्यकर्मीहरूको प्रयासको सराहना गरे ।